सुपारी बरामद

तस्बिरः एजेन्सी

झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट रु १३ लाखभन्दा बढीको सुपारी बरामद भएको छ।

आज बिहान जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले चार हजार ६२० केजी अन्दाजी रु १३ लाख ८६ हजार बराबरको सुपारी बरामद गरेको हो।

अवैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छl (रासस)

प्रकाशित मिति: : 2019-12-02 15:57:34

प्रतिकृया दिनुहोस्