श्रीमान्-श्रीमतीबीच विश्वासको खाडल : बढ्दैछ 'स्पाइ-सफ्टवेयर' राख्ने क्रम

संसारमा अहिले सबैभन्दा बढी श्रीमान र श्रीमतीबीच नै अविश्वास बढिरहेको एक अध्ययनले देखाएको छ । 'पास्ट लाइफ' र 'टाइम पास' लाइभस्टाइलका कारण यो बढेको अध्येताहरूले बताएका छन् ।

यही अविश्वासका कारण श्रीमान् वा श्रीमतीको स्मार्टफोनमा जासुसी गर्ने सफ्टवेअर एप राख्ने क्रम पनि बढेको छ । 

अहिले सबैभन्दा बढी प्रचलनमा स्पाउजवेअर आएको छ यसलाई स्टकरवेअर पनि भनिन्छ । 

इन्टरनेटमा खुलेआम किन्न पाइने स्पाउजवेअर कुनै मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेपछि एसएमएस पढ्न, स्क्रिन सट लिन, फोन भएको स्थान पत्ता लगाउन र भिडिओ हेर्न सकिन्छ । 

अहिले श्रीमान् वा श्रीमतीमा कसरी यो सफ्टवेयर राख्नबाट आफ्नो फोन  जोगाउने भन्ने चिन्ता बढेको बताएका छन् । 

'स्पाइ-सफ्टवेयर' राख्नबाट जोगिन तीन उपाय गर्न सकिन्छ- एक, यो सफ्टवेयर राख्न फोन नै चाहिने भएकाले फोन नछोड्ने । दुई, सुतेको बेला फिंगरप्रिन्ट लगाउन सकिने भएकाले फिंगरप्रिन्टबाट फोन लक नगर्ने । तीन, सुरक्षा एप राख्ने जस्ले स्पाउजवेअर भए/नभएको जानकारी दिन्छ ।

अध्ययनमा सहभागी एक अनुसन्धानकर्ताले आफ्नो फोनलाई स्पाउजवेअर राख्नबाट जोगाउनु नै यो समस्याबाट बच्ने मु्ख्य उपाय भएको बताएका छन् । 

यसका लागि उनले तीनवटा तरिका ठीक हुने बताएका छन् - एक, यो सफ्टवेयर राख्न फोन नै चाहिने भएकाले फोन नछोड्ने । दुई, सुतेको बेला फिंगरप्रिन्ट लगाउन सकिने भएकाले फिंगरप्रिन्टबाट फोन लक नगर्ने । तीन, सुरक्षा एप राख्ने जस्ले स्पाउजवेअर भए/नभएको जानकारी दिन्छ ।

अध्ययनले श्रीमान वा श्रीमतीले आफूमाथि स्पाउजवेयर प्रयोग गरेर जासुसी गरेको थाहा पाएपछि मानसिक समस्या बढिरहेको पनि देखाएको छ । यसले मानिसको विश्वास गर्ने क्षमता कम हुदै गएर प्रविधि प्रयोग गर्न डराउनुपर्ने स्थिति सिर्जना हुने बताइएको छ।

प्रकाशित मिति: : 2019-10-27 03:44:16

प्रतिकृया दिनुहोस्