बंगलादेशका राष्ट्रपति र प्रचण्डबीच भेट

Photo Credit : प्रचण्डको फेसबुक

चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रचण्ड नेपाली प्रतिनिधि मण्डलका तर्फबाट भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालसहित होटेल मेरियट पुगेका थिए।

५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए।


राष्ट्रपति हमिदले नेपालस्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: : 2019-11-13 13:03:39

प्रतिकृया दिनुहोस्