दाङमा देउखुरीमा बस र ट्रक ठोक्किँदा ७ जना घाइते

सांकेतिक तस्बिर

दाङको देउखुरीमा आइतबार भएको दुर्घटनामा ७ जना घाइते भएका छन् ।

लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–४, मौरीघाटमा लु २ प ३२७७ नम्बरको बसलाई ना २ ख ५४५६ नम्बरको ट्रकले ठक्कर दिँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा बस चालक घोराही उपमहानगरपालिका–१०, नारायणपुरका ३२ वर्षीय शिव महरा, बेलबारका १८ वर्षीय सुरेन्द्र बुढा,तुलसीपुर १८ विजौरी बस्ने ३० वर्षीय बसन्त खड्का र रोल्पा त्रिवेणी गाउँपालिका–१ रहेका छन् ।

त्यसैगरी अन्य घाइतेमा प्युठान माण्डवी गाउँपालिका–३, मच्छी बस्ने १७ वर्षी य महेश्वर भटराई, २१ वर्षीया सुशीला अर्याल, प्युठान ऐरावती गाउँपालिका–३, दारिमपाटाका ३१ वर्षीय काशीनाथ पोख्रेल र कपिलवस्तु शिवपुर गाउँपालिका–७ का ७२ वर्षीय अब्दुल मुसलमान छन् ।

घाइते सबैको भालुवाङमा रहेको राप्ती पोलिक्लिनिकमा उपचार भैरहेको छ । ट्रक चालक हाल नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2019-09-29 18:20:01

प्रतिकृया दिनुहोस्