माग पुरा नगरे देशभरीका पशुसेवा कार्यालय ठप्प पार्ने चेतावनी (भिडियोसहित)

तस्बिरः बिएल

देशका ७७ वटै जिल्लाका कृषि तथा पशु सेवाका कर्मचारीले भोलि सोमबार सम्म सरकारले आफ्नो माग पुरा नगरे देशभरीका पशुसेवा कार्यालय ठप्प पार्ने चेतावनी दिएका छन्।
तीन हजार भन्दा बढी संख्याका प्राविधिकले आफूहरूलाई हटाउन सरकारले गरेको निर्णयको विरोध गर्दै विगत एक सातादेखि आन्दोलनमा छन्।
बुधबार हरिहरभवनस्थित कृषि विभागमा धर्ना दिन पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कृषि प्राविधिकको विरोधका कारण जावलाखेलदेखि माइतीघरसम्म यातायात अवरूद्ध भएपछि सडक खुलाउन प्रहरीले कृषि प्राविधिकलाई नियन्त्रणमा लिएको बताएको छ।
अर्थ मन्त्रालयले हालै मात्र करारमा राखिएका कृषि प्राविधिकलाई हटाउन गरेको निर्णय खारेज गर्दै एक गाउँ एक प्राविधिकलाई निरन्तरता दिन माग गरे।
यस विषयमा सरकारले कुनै सुनुवाई नगरे आन्दोलनलाई अझ सशक्त पार्ने चेतावनीसमेत दिए।
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले देशका ७४ जिल्लामा भर्ना भएका कृषि तथा पशु सेवा गरि ३ हजार जनालाई ७ सय ५३ स्थानीय तहमा निरन्तरताका लागि २०७६ असार २९ गते पत्र पठाएको थियो।
तर, समायोजनका समयमा काममा निरन्तरता दिलाउने भने पनि अर्थ मन्त्रालयले दशैंको मुखमा हटाउने निर्णय गरेपछि तीन हजारभन्दा बढी कृषि प्राविधिक आन्दोलनमा उत्रिएका हुन् ।
प्राविधिकलाई हटाइ नयाँ पहिलो श्रेणीको पदमा राख्ने मन्त्रीस्तरीय निर्णय पछि त्यसको विरोधमा देशभरका कृषि तथा पशु सेवा प्राविधिक काठमाडौंमा आएर आन्दोलनमा उत्रिएका हुन्।
नेपालको झन्डै ६६ प्रतिशत मानिस कृषि पेशामा संलग्न छन्। यहीँ अनुरुप देशभर कृषि सेवाको पहुँच पुर्‍याउने उद्देश्यले २०७२ सालदेखि कृषि मन्त्रालयले लोकसेवाको परामर्शमा करारमा कर्मचारी भर्ना गरेको थियो।
एक गाउँ एक प्राविधिक अवधारणा ल्याएको मन्त्रालयले एक गाउँ एक प्राविधिकको रूपमा देशभर १५ सय कृषि र १५ सय पशु सेवा प्राबिधिकको दरबन्दी राखेको थियो।
त्यसपछि कृषि तथा पशु सेवा विभाग मार्फत साबिक जिल्ला कृषि बिकास कार्यलयले लिखित तथा मौखिक पुरा गरि भर्ना गरेर कृषि तथा पशुको सेवा नपुगेको साबिक गाउँ विकास समिति मा खटाएको थियो ।
आन्दोलनरत प्राविधिकहरुका अनुसार अहिले देश संघीयतामा गइसकेकाले जिल्ला कृषि विकास कार्यालयले स्थानीय तहमा खटाएको थियो।
प्रायः स्थानीय तहमा स्थायी कर्मचारी नभएपछि यीनै करार प्राविधिकले स्थानीय तह धानिरहेका थिए।
देशको दुर्गममा ठाउँमा एक गाउँ एक प्राबिधिक पुगेर सेवा दिईरहेका एक गाउँ, एक प्राविधिक’ कार्यक्रम अन्तर्गत कार्यरत प्राविधिक निशान्त मरिक यादवले जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-29 15:40:19

प्रतिकृया दिनुहोस्