अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुर षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले कार्यालयमा प्राप्त नभएको मालसामानलाई कार्यालयको जिन्सी आम्दानी खातामा समावेश गरी झुटो रिपोर्ट बनाएर १५ लाख २३ हजार भुक्तानी गरेर गैरकानुनी लाभ लिएको अख्तियारको दाबी छ ।प्रशासकीय अधिकृत कार्कीविरुद्ध १६ लाख ५६ हजार विगो कायम गरिएको छ ।
नगरपालिकाका तत्कालीन लेखा अधिकृत काफ्लेविरुद्ध १८ लाख ५ हजार विगो कायम गरिएको छ । काफ्लेलाई भ्रष्टाचार निवारण ऐन बमोजिम हानिनोक्सानी गरेको विगो असुल गरी सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।