डेढ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दास रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बा१ज ७४९१ नम्बरको बीरगञ्ज–काठमाडौं चल्ने जीपमा सवार प्रमेन्द्रलाई ५०० दरका दुईसय थान र हर्मेन्द्रबाट ५०० दरका एकसय थान गरी एक लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: : 2019-09-24 15:17:27

प्रतिकृया दिनुहोस्