न्युरोडमा प्रहरीले गोली हानी मारेको राँगोलाई महानगरपालिकाले पुर्‍यो

फाइल तस्बिर

न्युरोडमा प्रहरीले गोली हानी मारेको राँगो काठमाडौं महानगरपालिकाले पुरेको छ। स्वयम्भू क्षेत्रबाट मंगलबार बिहान दाम्लो फुत्केर भागेको राँगो कालिमाटीबाट न्युरोड पुग्दा प्रहरीले गोली हानेर मारेको थियो।

 महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार मःम बनाउन तराईबाट ल्याइएको राँगो फुत्किएर उपध्रो मच्चाएपछि प्रहरीले गोली हानेर मारिएकबो हो । उनले धनी नआएपछि मरेको राँगो महानगरको जिम्मा लगाइएको बताए ।

सो राँगोले तीन जनालाई न्युरोडमा सामान्य घाइते बनाएको थियो। त्यो राँगो कहाँबाट ल्याइएको थियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-24 14:59:54

प्रतिकृया दिनुहोस्