६५ हजार घुस रकमसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

अख्तियार कार्यालय बुटवलको टोलीले नवलपरासी (सुस्ता–पश्चिम) बाट घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सब डिभिजन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरी र वन कार्यलय रहेको भवनका घरधनी मनोजकुमार शर्मा रहेका छन् ।

सरकारी वकिलको कार्यालय परिसरबाट आज (बिहिबार) उनीहरुलाई पक्राउ गरिएको  आयोगले कार्यालय बुटवलले जनाएको छ ।

सहायक वन अधिकृत चौधरीले सेवाग्राहीको मुद्धा मिलाइदिने भन्दै ६५ हजार रकम मागेको उजुरीको आधारमा पक्राउ गरिएको आयोगले जनाएको छ । दुवैलाई अहिले बुटवलमा राखेर बयान लिइरहेको छ ।

 

प्रकाशित मिति: : 2019-09-19 18:21:37

प्रतिकृया दिनुहोस्