२८ थान मोवाईलसहित तीन जना पक्राउ

रामेश्वर साफी, विन्दु कुमार महतो र अरुण कुमार महतो

सिरहा । सिरहा प्रहरीले चोरी गरिएको २८ थान मोवाईलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्नामा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, ३६ वर्षीय विन्दु कुमार महतो र ३२ वर्षीय अरुण कुमार महतो रहेका छन् ।

उनीहरुबाट प्रहरीले विभिन्न कम्पनीका २८ थान मोबाईल, १ थान साईकल, ६८ हजार आठ सय ५० रुपैयाँ बराबरको रिचार्ज कार्ड र १ लाख ४९ हजार ६ सय ५० नगद बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताए ।

 उनिहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चर्तुवेदीले बताए ।

प्रकाशित मिति: : 2019-09-16 12:56:30

प्रतिकृया दिनुहोस्