नेकपाकाे केन्द्रीय निकाय गठन: अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा

फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय गठन गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको हो।

यस्तै केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल छन् चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यता लेखा परीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन्।

त्यस्तै केन्द्रीय सल्लाहकार कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा,जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ ।

प्रकाशित मिति: : 2019-11-11 12:02:38

प्रतिकृया दिनुहोस्