सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।

पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री भट्टको स्रोतका अनुसार मन्त्री रावलले राजीनामा दिएका हुन् ।

महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो । त्यससता उनी फरार थिए ।

प्रकाशित मिति: : 2019-11-10 14:53:14

प्रतिकृया दिनुहोस्