प्रदेश ५ मा प्रहरी कठोरः ५० अपराधी पक्राउ

बिएल

भारतबाट आउने अवैध लागुऔषधको मुख्य नाका नेपालगञ्ज। वन्यजन्तुको अगं तस्करी हुने बाँके–बर्दिया। लागुऔषध चरेश, गाँजा र अफिमको उत्पादन तथा ओसारपसार हुने रोल्पा, जाजरकोट र रुकुम।

यतिबेला यी सबै जिल्लामा तस्करहरूको गतिविधि न्युन बन्दै गइरहेको छ। यसको कारण हो, प्रदेश नम्बर ५ मा प्रहरीको सक्रियता।

नेपालगञ्जस्थित भारतीय नाकाबाट दिनहुँ नेपाल प्रवेश गर्ने ठूलो परिमाणको हिरोईन र मेडिकल जन्य लागुऔषधलाई लक्षित गर्दै यतिबेला जिल्लामा प्रहरी सक्रिय छ।

यसैगरी जाजरकोट, रुकुम र रोल्पामा चरेश, गाँजा र अफिम खेती नस्ट गर्न प्रहरीले कडाइ सुरु गरिसकेको छ। अवैध कल–बाइपास र भि–ओआईपी नियन्त्रण तथा फरार अपराधी पक्राउमा पनि प्रहरीले सफलता प्राप्त गर्न थालेपछि तस्करहरूको गतिविधि शिथिल बन्दै गएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारी बताउँछन्।

ब्रेक एन लिंकसँग कुरा गर्दै उनले साउनयता ५० विभिन्न अपराधी पक्राउ परिसकेको जानकारी दिए।

पक्राउ पर्नेमा अवैध लागुऔषध ओसार–पोसार गर्ने १६ जना छन्। वन्यजन्तुको अंग तस्करीमा ९ हात–हतियार तस्करीमा ३, भन्सार छलीमा ७, हत्यामा २, अवैध कल–वाइपासमा २, जुवामा १० र फरार अभियुक्त लगायत ५० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको डीआईजी अधिकारीको भनाई छ।

साउन यताका सफल अनुसन्धान

१० साउन २०७५ मा प्रहरीले रुपन्देहीबाट अवैध कल–वाइपास सञ्चालन गरेको अड्डामा छापा मार्यो। तिलोत्तमा नगरपालिका ८ झुलेनिपुरका रामप्रसाद न्यौपानेले आफ्नै घरबाट अन्तर्राष्ट्रिय आगमन कल–वाइपास गर्दै टेलिकम प्रदायक संस्थालाई हानी पुर्याउँदै आएका थिए।

यसैगरी बाँकेमा एक झाक्रीले झारफुकको वहानामा एक बालिका तथा महिला माथि करणी गर्ने गरेको रहस्य खुल्यो।

झारफुकको वहानामा पटक–पटक बालिका माथि करणी गर्दै आएका नेपालगञ्ज उप–महानगरपालिका ४ कासाईराम बाबा वस्ने टेकप्रसाद अधिकारीलाई प्रहरीले २१ भदौमा पक्राउ गरेको थियो।

१५ असोजमा कपिलवस्तुमा कृष्णबहादुर थापालाई मोटरसाईकलबाट बसपार्क पुर्याईदिने भन्दै शिवराज नगरपालिका ४ का अब्दुल मुस्तफा मिया र अमिन फकिरले अपहरण गरेका थिए। थापालाई लु १२ प ५०५४ नं को मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरीले अपहरणकारी पक्राउ गर्यो।

यस्तै, प्रहरीले गत पुषमा बाँकेका विभिन्न स्थानमा रहेको एनसेल टावरका ट्रान्सफर्मर र विधुत ट्रान्सफर्मर चोरी गर्ने ३ जनालाई पक्राउ गर्यो।

लामो समयदेखि बाँकेका विभिन्न स्थानमा रहेका एनसेल टावर तथा विद्युतका ट्रान्सफर्मर चोरी गर्ने ३ जनालाई प्रहरीले गएको पुसमा पक्राउ गर्यो।

प्रहरीले नेपालगञ्जका रतन बर्मा, साबितराम बर्मा र सलाउद्दिन खानलाई पनि पक्राउ गर्यो, । विभिन्न स्थानमा रहेका टावर तथा कार्यालयका विधुतका ट्रान्सफर्मर चोरी गरेको मुद्धामा।

नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका दीपकसिंह ठकुरीको हत्या गर्ने अछाम धकारीका भरतबहादुर शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ। एक लाख ५० हजार रकम लिएर प्रहरीमा नाम निकालिदिने भन्दै शाहीले ठकुरीको हत्या गरेका थिए।

प्रकाशित मिति: : 2019-05-15 12:36:01

प्रतिकृया दिनुहोस्