मौसममा सुधार आउन अझै केही दिन लाग्ने, यस्तो छ– ३ दिनको मौसम

नेपाल २४हावर्स

काठमाडौं–आइतबारदेखि देशभर बदलिएको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ।

सोमबार देशभर वर्षा हुनेछ भने पश्चिम भूभागमा मेघ–गर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शाखाका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा हुनेछ भने पहाडी भेगमा चट्याङ पर्ने संभावना छ।

तराईका विभिन्न भागमा हावाहुरी आउने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तो रहनेछ तीनदिनको मौसम

बैशाख ३० गते सोमबार

दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ। पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।

राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भूभागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३१ गते मंगलबार
दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति देशभरि आंशिक देखि सामान्य बदलि रहि देशका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०१ गते बुधबार
दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रहि पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति देशभरि आंशिक देखि सामान्य बदलि रहि देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2019-05-13 10:01:16

प्रतिकृया दिनुहोस्