युवा वैज्ञानिक यादव युनेस्कोका लागि विज्ञान समिति सदस्यमा नियुक्त

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीसँग यादव। तस्विर सौजन्य : रोशन यादव

सरकारले युवा वैज्ञानिक रोशनकुमार यादवलाई युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगअन्तर्गत विज्ञान समितिको सदस्य पदमा नियुक्त गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यादवलाई चैत २५ गते नियुक्त गरिएको हो।

सम्भवत उनी ३० वर्षको उमेरमा यो पदमा नियुक्त हुने कान्छा सदस्य हुन्। बैग्लोर विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा एमएस्सी गरेका यादवले यही वर्ष जाद्वपुर विश्वविद्यालयबाट पीएचडी पूरा गरेका थिए।

उनी ५५ राष्ट्रका विशिष्ट वैज्ञानिक र शोधकर्ता समावेश विश्व साइन्स कंग्रेसको नेपाल च्याप्टरका अध्यक्ष पनि हुन्। उनी सन् २०१६ मा नेपाल च्याप्टरका अध्यक्ष नियुक्त भएका थिए। उनले एसियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टमा डेपुटी डाइरेक्टर रिसर्च एन्ड एक्सर्टनल रिलेशन पदमा बसेर दुई वर्ष काम गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनमा पनि सक्रिय थिए।

‘चार वर्षको कार्यकालमा नेपालको हिमाली भेगमा पाइने हर्बलहरूलाई विश्वब्यापी बनाउने र पछिल्लो समय युवा बैज्ञानिक पलायन हुने गतिलाई रोक्ने मेरो उद्देश्य हुनेछ,’ नियुक्ति बुझेपछि उनले बुधबार ब्रेक एन लिंक्ससँग भने।

प्रकाशित मिति: : 2019-05-08 20:18:29

प्रतिकृया दिनुहोस्