चाइनिज पेस्तोलसहित एक पोलिस काठमाडौंमा पक्राउ

पोल्याण्डका एक नागरिक बुधवार साँझ काठमाडौंमा पक्राउ परेका छन्। राहदानी नम्बर इएक्स १६५२४०९ वाहक एडोम रज्जर एडाडमुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

कतार एयरबाट काठमाडौं आएका एडोमको ह्याण्डब्याग चेक गर्दा मेड इन चाइना लेखिएको एयर गन र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिए।

उनले साथीले मगाएकाले ल्याइदिएको बयान प्रहरीलाई दिएका छन्। उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2019-04-25 22:56:24

प्रतिकृया दिनुहोस्