ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।उनलाई मंगलवार दिउँसो महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो।

नेपाल विरुद्ध परिसरमा चेक बाउन्ससम्बन्धी उजुरी परेकाले नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।

नेपालविरूद्ध चाबहिलका नरेशकुमार न्यौपानले ६ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए।

प्रकाशित मिति: : 2019-04-23 14:13:02

प्रतिकृया दिनुहोस्