भक्तपुरका व्यापारी झापाको होटलमा मृत फेला

काँकडभिट्टास्थित सिभिल होटलमा भक्तपुरका एक व्यापारी भुण्डिएको अवस्थामा मृत फेला परेको छ। उनको मृत्यु रहस्यमय बनेको छ, भने आफन्तजनले हत्या भएको दाबी गरेका छन्।

भक्तपुर निवासी ३७ वर्षीय प्रकाश ढुंगाना सिविल होटलको कोठा नम्बर ३०३ मा भुण्डिएको अवस्थामा शक्रुबार राति साढे ९ बजे फेला परेको हो। मृतक ढुंगाना पेशाले तयारी पोशाक कारोबार गर्न व्यापारी हुन्। वैशाख ५ गते कामको शिलशिलामा झापा आएका ढुंगाना वैशाख ५ गते सिभिल होटलमा कोठा लिएका थिए।

पंखाको हुकमा ब्यागको फिता लगाएर उनी झुण्डिएको अवस्थामा होटलकै कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ। उनको शव कोठाभित्रको टेबलमा घुँडा टेकेको अवस्थामा फेला पारेको हो। भुण्डिएको व्यक्ति घुँडा टेकेको अवस्थामा फेला परेकोले उनको मृत्यु प्रकरण रहस्यमय बनेको छ। ‘शुक्रवार बेलुका के खाने भनेर होटलका कर्मचारीले उनलाई सोधेका थिए’, सञ्चालक राईले भने, ‘तर, ‘उनले केही खान मन लागे आफैँ खबर गर्छु भने।’

होटलका कर्मचारीसँग यति नै संवाद भएको थियो, उनले भने। 'रात पर्न थालेपछि खानाका लागि कोठामै गएर उनलाई पटक पटक बोलाएऔं, तर कोठाबाट कुनै आवाज आएन, फोन गर्दा पनि उठेन', उनले भने, 'त्यसपछि तत्काल इलाकामा गएर प्रहरी बोलाएर ल्याएऔं र प्रहरीले वडा अध्यक्ष ललित तामाङको रोहवरमा कोठाको ढोका फुटाएर हेर्दा ढुंगाना झुण्डिएको अवस्थामा देख्यौँ। त्यतिवेला राति साढे ९ बज्दै थियो', उनले घटना सुनाए...

प्रकाशित मिति: : 2019-04-21 08:26:03

प्रतिकृया दिनुहोस्