उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके

तस्बिर : कान्तिपुर

चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका–६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएका छन् ।

चार हिउँद/बर्खा टहरोमा कटाएको उनको परिवार नयाँ घरमा सरिसकेको छ । ‘घर फिनिसिङ नहुँदै सरेको हुँ, जस्ताले छाएको टहरोमा पानी चुहिएर हैरानी थियो,’ उनले भने, ‘यतिका दुःख गरी बनाएको नयाँ घरमा सर्न अब किन ढिला गर्नु ?’

लाभग्राही सूचीमा नाम भए पनि अनुदान सम्झौता नगर्ने र सम्झौता गरेर पनि घर नबनाउनेलाई गाउँपालिकाले पत्र काटेको छ । ‘तीन साता भयो, घरदैलो कार्यक्रम थालेका छौं,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘जनप्रतिनिधि र प्राविधिकलाई के कारण लाभग्राहीले घर बनाएनन्, बुझ्न पत्रसहित पठाएका छौँ ।’...

प्रकाशित मिति: : 2019-04-21 08:06:01

प्रतिकृया दिनुहोस्