महाजोङ नेपाल दक्षिण एसियाकै उत्कृष्ट क्यासिनो

बिएल

नेपालमा रहेको क्यासिनो महाजोङ दक्षिण एसियाकै उत्कृष्ट क्यासिनोबाट सम्मानित भएको छ। पर्यटन प्रवर्द्धन तथा आतिथ्यमा उत्कृष्टता देखाउने क्यासिनोलाई यो अवार्ड प्रदान गरिदै आएको छ। भारतीय राजधानी नयाँ दिल्लीमा आयोजित कार्यक्रममा क्यासिनो महाजोङलाई भारतका पर्यटन मन्त्री प्रल्हादसिंह पटेल तथा सामाजिक न्याय तथा शशक्तिकरण मन्त्री रामदास अटावलेले सम्मान गरे।

पुरस्कार महाजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्यविक्रम राणाले थापे।

महाजोङ गत वर्ष देशको उत्कृष्ट क्यासिनो बन्न सफल भएको थियो। जनरल म्यानेजर राणा भन्छन्– पुरस्कार जित्नु भनेको कामको मूल्याकंन पनि हुनु हो। दक्षिण एसियाभरी हाम्रो कामको मूल्याकंन भएको छ।

महाजोङको स्थापना सोल्टी होटल परिसरमा २०६९ पौष १२ मा भएको थियो। क्यासिनोले स्थापनाकालदेखि नै आफूले बुझाउनु पर्ने कर तथा राजश्व समयमै सरकारलाई बुझाउँदै आएको छ। हाल क्यासिनोमा करार र दैनिक ज्यालादारी गरि ६ सय बढी व्यक्ति कार्यरत छन्। यसले यही वर्षदेखि नेपालगञ्जस्थित होटल सोल्टीमा पनि क्यासिनो सञ्चालन गरिरहेको छ।

अवार्ड समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेंट्री प्रस्तुत गरेको थियो।

क्यासिनो महाजोङले नेपाल भ्रमण बर्ष २०२० को लागि बिबिध कार्यक्रम संचालन गर्दै आएको छ।

प्रकाशित मिति: : 2019-11-19 17:59:52

प्रतिकृया दिनुहोस्