निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन परेन: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,फाइल तस्बिर l

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए छन्।

नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रमा प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको कारण सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गरे ।

उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन् ।’

उनले यसअघि राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समोवशिता ल्याउन सबैको भूमिका रहेको तर काठमाडौं उपत्यकाका जनता निर्णायक भएको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरे पनि सरकारले व्यवहारमा लागू नगरेको भन्दै असन्तुष्टि जनाए । उनले अघि भने, सरकारको तर्फबाट जसरी प्रयोगमा ल्याउनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

प्रकाशित मिति: : 2019-10-27 11:18:56

प्रतिकृया दिनुहोस्