विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहे: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) l फाइल तस्बिर:बिएल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको शिक्षा प्रणलीलाई बैज्ञानिक तवरवाट आयआर्जन र विकास मुखी बनाउनकै लागि शिक्षमा लगानीको आवश्यक रहेको बताएका छन् ।

राजधानीको चन्द्रागिरि १५ तिनथानमा आयोजित वडा अध्यक्ष शौक्षिक विकास कोषको दोश्रो वार्षिक उत्सव तथा साधारण सभालाको उद्घाटन कार्यक्रमा अध्यक्ष प्रचण्डले देशको विकास र सुधार शिक्षाबाटै हुने भएकाले सरकारले यसलाई महत्वका साथ हेर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले देशको शिक्षा प्रणलीलाई बैज्ञानिक तवरवाट आयआर्जन र विकास मुखी बनाउनकै लागि शिक्षमा लगानीको आवश्यक छ, देशको विकास र सुधार शिक्षा बाटै हुन्छ,नितिगत सुधार र वजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धि तर्फ उन्मूख हुने निश्चित छ ।’

यसअघि उनले आर्थिक समाजिक र राजनितिक विकासका लागि भएपनि पनि शिक्षा नितिमा व्यापक सुधार गर्नुपर्ने बताए ।प्रचण्डले शिक्षामा सोचे अनुरुपको वजेट प्रयाप्त नभएको कारण शिक्षा नितिमा आमुल सुधार गर्न नसकिएको बताएका हुन् ।

 

अध्यक्ष प्रचण्डले प्ररक प्रसंगमा तत्कालीन मालेले मदन भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन आग्रह गरे ।

विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहने भन्दै उनले एकतालाई रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको बताए ।

उनले भने, ‘हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन, सजिलै सोभियत संघको जस्तै खतरा हुन्छ,नियोजित ढङगवाट प्रहार भएका छन् त्यसलाई रोक्ने क्षमता राख्नु पर्छ ।’

प्रकाशित मिति: : 2019-10-26 22:07:58

प्रतिकृया दिनुहोस्