सांसद यादवले सहिदको नाममा दिपावली मनाउने

तस्बिरः बिमला गुप्ता

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले सहिदको नाममा वीरगन्जको घण्टाघरमा दिपावली मनाउने बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले सबै नेपालीहरु दशैं सकिएर दिपावली तयारीमा रहेको र तराईको मुख्य पर्व छठ आउनै लागेकाले दिपावली मनाउन लागेको बताएका छन् ।

‘यस उत्सव र हर्षको अवसरमा हामीले, पटक पटकको मधेश आन्दोलनमा सहादत प्राप्त गर्नु भएका हाम्रो भावनामा चिरस्थायि रुपमा विद्यमान अमर सहिदहरुको सम्झनामा पहिले दिप प्रज्वलन गरेर दिपावली मनाउने त्यसपछि आफ्नो घर दैलोमा दियो बाल्ने उदेश्यसाँथ हामीले सहिदको सम्मानमा दिपावली आयोजन गर्न गइरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘लक्ष्मीपुजाका दिन आइतवार साँझ ५ वीरगन्जको घण्टाघरमा मधेशी सहिदहरुको सम्झनामा ५०१ दियो बाली ‘सहिदको सम्झनामा दिपावली’ मनाउने श्रद्धासुमन अर्पणको कार्यक्रम राखिएको छ ।’

वीरगजको घण्टाघर अगाडी लागेको कुम्हाले पसलमा दियो किन्दै सांसद यादवले सहिदको सपना सकारका लागि आफूहरु लागि परेको जानकारी गराएका छन् ।


देशको एउटा ठूलो संख्याका जनताको मागलाई सम्बोधन गर्न थाति राख्दै नयाँ  संविधान जारी भए उपरान्त देशमा ३ तहको निर्वाचन सम्पन्न भई सबै राजनीतिक दल तथा आम जनता आ–आफ्नो क्षेत्रमा ब्यस्त रहेका छन् ।

देश संघीय लोकतान्त्रिक गणतन्त्र स्वरुपमा अगाडि बढ्नुमा हाम्रा प्रातःस्मरणीय सहदिहरुको योगदान बिर्सिन सकिदैन भन्दै एउटा विज्ञप्तिमार्फत सांसद यादवले भनेका छन्, ‘ संविधानलाई अझ जनआपेक्षित रुपमा परिमार्जन गर्न इतिहासमा बाकी रह्न गएको एउटा अभिाराको रुपमा नेपाली राजनीति समक्ष रहेको कुरा हामीले बिर्सिनु हुदैन । त्यसको लागि समेत महान वीर सहिदहरुलाई बिर्सिन मिल्दैन ।

प्रकाशित मिति: : 2019-10-26 21:17:57

प्रतिकृया दिनुहोस्