व्यवसायी हत्याको बिरोधमा शनिवार जनकपुरका पेट्रोल पम्प बन्दको घोषणा

फाइल तस्बिर

पेट्रोल पम्प सञ्चालकको हत्या बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिबार जनकपुरधाम अन्र्तगतका पेट्रोल पम्प बन्दको घोषणा गरेका छन् ।

पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु असुरक्षित रहेको भन्दै एशोसिएसनको जनकपुर धाम अन्तर्गतका कुनै पनि पम्पबाट शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

यस्तै, सोही दिन महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा बन्द गर्ने एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो ।हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।

प्रकाशित मिति: : 2019-10-24 13:19:35

प्रतिकृया दिनुहोस्