सुनको मूल्यमा गिरावट

फाइल तस्बिर

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ ।

आज चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: : 2019-10-22 11:43:28

प्रतिकृया दिनुहोस्