एक हजार दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ ।


हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अब छापिने नयाँ नोटमा दुईवटा (जुम्ल्याहा) हात्तीको फोटो राखिनेछ । अर्थ मन्त्रालयको दुईवटा हात्ती राख्ने प्रस्ताव स्वीकृत भएपछि दुईवटा हात्ती राखिने राष्ट्र बैङ्कले जनाएको छ ।

चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्बिर अङ्कित नोटको डिजाइन तयार भइसकेको छ ।कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउनेछ ।

छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट बजारमा आउने जनाएको छ । २०७७ को दसैँसम्ममा जुम्ल्याहा हात्ती अङ्कित १ हजारको नयाँ नोट बजारमा आउने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: : 2019-10-16 12:42:30

प्रतिकृया दिनुहोस्