बजारमा फेरि सुनको भाउ बढ्यो

फाइल तस्बिर

नेपाली बजारमा फेरि सुनको भाउ तोलामा ६ सयले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन बुधबार तोलामा ६९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार सुन तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-02 12:35:44

प्रतिकृया दिनुहोस्