भारतमै प्याजको मूल्य प्रतिकेजी १४० रुपैयाँ

फाइल तस्बिर

प्याजको लगातार बढ्दो मूल्यमा ब्रेक लगाउन भारतले निर्यातमा तत्काल रोक लगाउने निर्णय गरेको छ।

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतवार यसबारे जानकारी दिँदै प्याजको संकट चुलिएकाले यस्तो कदम चाल्नु परेको जनाएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिवारदेखि शहरमा मोबाइल भ्यान र खाद्यान्‍न पसलमार्फत् प्याजको विक्री २३ रुपैयाँ ९० पैसाको दरले गरिने जानकारी दिएका थिए।

केजरीवालका अनुसार भारतको खुद्रा बजारमा अहिले प्याजको मूल्य ६० देखि ८० (१२० देखि १४० नेपाली रुपैयाँ) भारतीय रुपैयाँ रहेको छ। उनले एकजनाले ५ किलोसम्म प्याज किन्‍न सक्ने नियम ल्याएका छन्।

केजरीवालले प्याज लुकाउने र कालोबजारी गर्नेमाथि कडा कारवाहीको चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2019-09-29 17:42:45

प्रतिकृया दिनुहोस्