नेपाल र यूएईबीच हवाई सम्झौता

बिएल

नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हवाई सम्झौता भएको छ ।सम्झौता क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरानमा भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट त्यहाँका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे । यी दुई मुलुकबीच यसअघि नै प्रारम्भिक द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो ।

शनिबार भएको सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

अब भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुने आचार्यले बताए । दुई देशबीच कुनै विवाद भएमा त्यसको समाधानका लागि पनि सम्झौता सहयोगी हुने आचार्यको मत छ ।

प्रकाशित मिति: : 2019-09-29 11:25:08

प्रतिकृया दिनुहोस्