युवा उद्यमी पाण्डे सिटिजन्स बैंकको डाइरेक्टर

फाइल तस्बिर

युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैङ्क इन्टरनेसनलको सञ्चालकमा चुनिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेको पाण्डेलाई शुक्रबार बसेको साधारणसभाले  सिटिजन्स बैंकको डाइरेक्टरमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।

उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि सञ्चालक भइकेका छन्। उत्पादनमुलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैङ्क तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका थिए । खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति छ । विभिन्न बैङ्क, बिमा कम्पनीमा पनि उनको लगानी छ ।

त्यसैगरी, फर्चुना ग्रुपमा पनि पाण्डे डाइरेक्ट छन् । फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गरिरहेको छ ।  देशभित्र ठूलो परिमाणमा औषधि प्याक गर्ने प्याकेजिङ सामग्री विदेशबाट आउने गरे पछि आयात प्रतिस्थापन गर्न उनले औषधिलाई आवश्यक पर्ने प्याकेजिङ सामग्री स्वदेशमै उत्पादन गर्न थालेका हुन् । 

प्रकाशित मिति: : 2019-09-28 13:45:09

प्रतिकृया दिनुहोस्