सुन मूल्य फेरि उकालो लाग्यो

फाइल तस्बिर

नेपाली बजारमा सुन तोलामा ६ सय रुपैयाँले बढेको छ। मंगलबार एक सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ सयले बढेर ७२ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै मंगलबार चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।आज चाँदी तोलाको ८९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2019-09-25 11:42:58

प्रतिकृया दिनुहोस्