नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनी हाज्मा आन्दोलाई, ४२ महिनाभित्र काम सक्ने लक्ष्य

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता भएको छ । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाज्मा/आन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलकाअनुसार करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको सुरुङमार्ग काम थालेको ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ ।यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।


विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ ।

प्रकाशित मिति: : 2019-09-23 17:40:36

प्रतिकृया दिनुहोस्