टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी

फाइल तस्बिर

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् ।

प्रतिद्वन्द्वी धुर्वराज खत्रीलाई २२१ मतले पराजित गर्दै अध्यक्षमा भण्डारी विजयी भएका हुन । उनले ५४१ मत प्राप्त गरे । खत्रीले ३२० मत पाएका थिए ।त्यस्तै उद्योग उपाध्यक्षमा जगतराम चौधरी ४६३,वाणिज्य उपाध्यक्षमा चक्रपाणि सापकोटा ५८५,महासचिवमा तपेन्द्र स्वारले ५३२ मत ल्याएर विजयी भए ।

त्यस्तै सचिवमा गणेशराज रेग्मी विजयी भएका छन् । उनले ५०५ मत प्राप्त गर्दा टोपबहादुर विश्वकर्माले ४०८ मत ल्याएका थिए ।कोषाध्यक्षमा ५६२ मतका साथ कमल चौधरी विजयी भएका छन् ।

त्यस्तै, सदस्यहरुमा भण्डारी प्यानलका नवराज रिमाल ५२१०, तपेन्द्र कुँवर ५०६, मानबहादुर ठकुल्ला ४७३, रामबहादुर साउँद ४४५, टेकबहादुर सोडारी ४४३, सन्तोश खड्का ३९७ हिक्मत रावल ३८६ मत ल्याएर विजयी भएका छन् ।

खत्री प्यानलका एकमात्र सदस्य जीवन गौचन थकाली ४०० मत पाएर विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा शिला खनाल सापकोटा ४९९, दलित सदस्यतर्फ अमित टमट्टा ४६३, जनजाती सदस्यमा जितबहादुर चौधरी ४११ मत ल्याएर विजयी भएका छन् ।

 

प्रकाशित मिति: : 2019-09-22 13:14:13

प्रतिकृया दिनुहोस्