सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने अर्थमन्त्रीको तयारी

अर्थमन्त्री युवराज खतिवडा I

अर्थमन्त्री युवराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताएका छन् ।

बिहीबार भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए ।

निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । उनले उद्योगमा लगानी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।उनले गुणस्तरमा सम्झौता नगर्न उद्योगीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति: : 2019-09-20 15:03:35

प्रतिकृया दिनुहोस्