कोसी इँटा व्यवसायी संघमा महेन्द्र

बिएल

कोसी अञ्चल इँटा उद्योग व्यवसायी संघ इटहरी सुनसरीको अध्यक्षमा पुन: महेन्द्रप्रसाद साह निर्वाचित भएका छन् ।

विराटनगरमा भएको संघको ९ औं वार्षिक साधारण सभाले साहलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि पनि साह अध्यक्ष थिए । समितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिवमा राजनकुमार तिम्सिना, सचिवमा श्याम लुइँटेल र कोषाध्यक्षमा लक्ष्मण राई छन् । समितिका सदस्यहरूमा मुरारी रेग्मी, शिवकुमार लिम्बू, रमेशकुमार भगत, रामभजन मेहता, धर्मेन्द्र श्रेष्ठ, महेन्द्र अग्रवाल, मुन्नाकुमार झा र लीलाराज पराजुली छन् । उनीहरू सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेपालको पहिलो उप–सभामुख कमल राणा भन्छिन्– बिपी जस्तो नेता अहिलेसम्म कोही छैन (भिडियोसहित)

सोही अवसरमा संघमा पुराना इँटा व्यवसायी धरानका बिर्खबहादुर श्रेष्ठसहित ९ जनालाई सम्मान गरेको छ । इटहरीका चन्द्रबहादुर बस्नेत, जीवननाथ काफ्ले, हेमप्रसाद घिमिरे, शेखर लुइँटेल मंगलबारेका तेजबहादुर थापा, विराटनगरका ऋषिमोहन रेग्मी, शिवरतन जोशी र लाइफ भिजन सामुदायिक पुनःस्थापना केन्द्र विराटनगरलाई सम्मान गरिएको हो । कोसी अञ्चल इँटा संघमा ३३ जना व्यवसायीहरु आवद्ध छन् । संघको साधारणसभा बुधबार विराटनगरमा सुरु भएको थियो ।

प्रकाशित मिति: : 2019-09-12 22:05:53

प्रतिकृया दिनुहोस्