फर्निचर तथा फर्निसिङ एक्स्पो २०१९ भृकुटीमण्डपमा सुरु (भिडियोसहित)

तस्बिरः बिएल

फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) बुधबारदेखि देखि सुरु भएको छ। एक्स्पोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्। मेला भृकुटीमण्डपमा भाद्र २९ गतेसम्म संचालन हुनेछ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोमा १ सय २० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको जानकारी दिए। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ। नेपालमा उपलब्ध फर्निचर तथा फर्न्सििङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ।

प्रकाशित मिति: : 2019-09-11 18:12:22

प्रतिकृया दिनुहोस्