मोरङमा पासपोर्टबाट ५ करोड ३४ लाख राजस्व उठ्यो

बिएल

जिल्ला प्रशासन कार्यालय मोरङबाट विदेश जान ठूलो संख्यामा पासपोर्ट बनाउने गरेको यस बर्षको तथ्याङ्कले उजागर गरेको छ।

यस आर्थिक बर्ष २०७५–०७६ मा मात्र मोरङबाट ५ करोड ३४ लाख २३ हजार ७ सय ५० रुपैयाँ बराबरको पासपोर्ट जारी भएको प्रशासन कार्यालयले ब्रेक एन लिंक्स (बीएल मिडिया) लाई जानकारी दिएको छ।

यस बर्ष मोरङबाट १९ हजार ५ सय ८८ पासपोर्ट वितरण भएको थियो।

आर्थिक वर्षमा मोरङबाट २९ हजार ८ सय ९६ जनाले नयाँ नागरिकता पनि बनाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। मोरङ प्रशासनबाट १४ हजार २ सय ५५, इप्रका उर्लाबारीबाट ७ हजार २ सय ६०, इप्रका रङ्गेलीबाट ४ हजार ४ सय ६६ जनाले नागरिकता बनाएका हुन्।

यस्तै वैवाहिक अंगिकृत नागकिरता १ हजार १ सय ११ जनाले लिएका छन्। मोरङमा ठाडो उजुरी ७ सय ६५ र कार्यान्वयनका लागि अन्य निकायलाई ७ सय ६५ वटा नै पठाइएको अभिलेखमा देखिएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला वलीले जिप्रका मोरङमा दर्ता भएका ४ सय ९८ वटा मुद्दा फैसला भएको जानकारी दिइन। उनले आर्थिक वर्षमा कूल ९ करोड ८५ लाख ८ हजार ४ सय ९९ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिइन।

‘सबैभन्दा बढी पासपोर्टबाट राजस्व संकलन भएको देखिएको छ,’ उनले भनिन्।

प्रदेश १ को राजधानी मोरङ भएको नाताले जिल्ला प्रशासन कार्यालय मोरङलाई प्रदेश कै १ नम्बर बनाउन लागिएको वलीले जानकारी दिइन। कार्यालयलाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गरेर नमुना कार्यालय बनाइने वलीको भनाइ छ ।

प्रकाशित मिति: : 2019-07-21 22:19:14

प्रतिकृया दिनुहोस्