प्रदेश १ मा नेपाल लिकर्सले बुझायो १ अर्ब ९९ करोडको सर्वाधिक राजस्व

बिएल


मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको नेपाल लिकर्स प्रदेश नम्बर १ मा सर्वाधिक राजस्व बुझाउने उद्योग बनेको छ। 

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयले आइतबार सार्वजनिक गरेको रिपोर्टमा नेपाल लिकर्सले आर्थिक वर्ष २०७५÷०७६ मा सर्वाधिक १ अर्ब ९९ करोड अन्तशुल्क बुझाएको बताइएको छ।

यो वर्ष प्रदेश १ मा आन्तरिक राजस्व ७ अर्ब १३ करोड संकलन भएको छ। जसमा नेपाल लिकर्सको योगदान २८ प्रतिशत रहेको कर अधिकृत दीलिप गौतमले ब्रेक एन लिंक्स (बीएल मिडिया) लाई जानकारी दिए।

‘गत आर्थिक वर्षमा नेपाल लिकर्सले १ अर्ब २० करोड बुझाएको थियो। मदिरा जन्य वस्तु उत्पादन गर्ने अन्य उद्योग र करदातामा नेपाल लिकर्स अगाडि देखिएको छ,’ गौतमले बताए।

रंगेलीमा रहेको चण्डीका डिस्टिलरीले ४७ करोड अन्तशुल्क बुझाएको छ। बुढीगंगामै रहेको गोल्डेन लिकर्सले ३६ करोड राजस्व बुझाएको छ।

आर्थिक वर्ष २०७४÷०७५ मा चण्डीकाले २४ र गोल्डेनले २६ करोड अन्तशुल्क बुझाएका थिए।

प्रकाशित मिति: : 2019-07-21 15:46:45

प्रतिकृया दिनुहोस्