जोखिम राणनीति बनाउनुपर्छ– मन्त्री कार्की

फाइल तस्बिर

प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताले अनुभूति गर्ने विपद् जोखिम नीति तथा रणनीति बनाउनुपर्ने बताएका छन् ।

मन्त्रालयद्वारा बुधबार आयोजित विपद् उत्थानशील नीति तथा रणनीति मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले मानव निर्मित तथा प्राकृतिक प्रकोप क्षतिका कारण मुलुक अगाडि बढ्न नसकेको धारणा व्यक्त गरे ।

मन्त्री कार्कीले विपद्का क्षेत्र पहिचान गरी त्यसअनुसार कार्यनीति बनाइ क्षति न्यूनीयनकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले कार्ययोजना बनाएमा सहज हुने विचार व्यक्त गरे । मन्त्री कार्कीले प्रदेश सरकारले प्राविधिक अध्ययनका आधारमा प्राकृतिक प्रकोपले जोखिममा रहेका मकाल गाउँपालिका र र कटारी नगरपालिकाका केही गाउँका बासिन्दालाई स्थानन्तर गर्ने जानकारी दिए ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले पूर्वाधार निर्माण, कृषि, शहरी विकास आदि निर्माणमा विपद् क्षति रोक्ने सोचले कार्य गर्नुपर्नेमा जोड दिए ।गोष्ठीमा विपद् विज्ञ रामचन्द्र न्यौपानेले प्रदेश विपद् उत्थानीशल नीति, विपद् उत्थाशील रणनीतिक कार्ययोजना, प्रदेश विपद् प्रतिकार्य ढाँचा र विकासमा विपद्् प्रभाव मूल्याङ्कन मार्गदर्शन र यूएनडिपिका कार्यक्रम संयोजक दीपक केसीले जलवायु विपद् जोखिम व्यवस्थापन तथा हिमताल विष्फोटन विषयमा कार्यपत्र प्रस्तुत गरे ।

प्रदेश सरकारले आगामी एक महीनाभित्र ल्याउने नीतिका लागि राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी र सञ्चारकमीले सुझाव दिएका थिए ।

प्रकाशित मिति: : 2019-10-24 14:44:33

प्रतिकृया दिनुहोस्