भारतका करोडपति निरव मोदीको स्विस खाता रोक्का

Agency

भारतका करोडपति निरव मोदीको स्विट्जरल्यान्डस्थित चारवटा बैक अकाउन्ट सरकारले रोक्का गरेको छ। मोदीसँगै उनको बहिनी पूर्वा मोदीको पनि अकाउन्ट रोक्का भएको हो।

२ करोड अमेरिकी डलर बराबरको पञ्जाव नेशनल बैक घोटलाको आरोपमा भगौडा घोषित भएका निरव हाल बेलायती जेलमा बन्द छन्। भारत सरकारले उनको प्रत्यार्पणको माग गरिरहेको छ।

उनले जेलबाट निस्किन दिएको निवेदनलाई केही दिन अगाडि बेलायती अदालतले अस्विकार गरिसकेको छ। निरव विश्वका सयौं धनीहरूको सूचिमा पनि पर्छन्। उनको सम्पत्ति ११ हजार ५०० करोड रहेको बताइन्छ।

निरव डाइमन्ड व्यापारी हुन्। उनको भारतमा मात्र होइन, विदेशमा पनि डाइमन्डको शोरुम रहेको छ। स्विट्जरल्यान्डमा उनको बैक अकाउन्टमा ६० लाख डलर जम्मा थियो।

प्रकाशित मिति: : 2019-06-27 13:21:33

प्रतिकृया दिनुहोस्