पर्यटन व्यवसायी तथा उद्यमी प्रभाकर शमशेर राणाको अन्त्येष्टी अमेरिकामै हुने भएको छ। राणाको परिवारीक श्रोतले ‘ब्रेक एन लिंक्स’ लाई दिएको जानकारी अनुसार उनको अन्त्येष्टी शनिबार दिउँसो १ बजे अमेरिकामा गरिने छ।
नेपालको पहिलो पाँच तारे होटल सोल्टीका अध्यक्ष राणाको ८४ वर्षको उमेरमा विहिबार राती अमेरिकामा निधन भएको थियो। उनको एक छोरा र छोरी छन्। छोरा सिद्धार्थ बुवाको व्यसायलाई सघाउँदै आइरहेका थिए।
राणाको अन्त्येष्टी अमेरिकामा भएपनि उनको अस्तुलाई नेपालमा विर्सजन गरिने छ। भाई प्रकाश शमशेर राणाले ‘बे्रक एन लिंक्स’ लाई छोटो प्रतिक्रिया दिँदै भने, ‘दाजुको अन्त्येष्टी अमेरिकामा शनिवार गरिने छ। कानुनी प्रक्रिया पुरा गरेर उहाँको अस्तुलाई नेपालमा ल्याइने छ।’
सोल्टी ग्रुप नेपालमा सबैभन्दा धेरै कर तिर्ने संस्थामा पर्छ। राणा सिप्रदी ग्रुप, सूर्य नेपाल, भोटेकोशी, अमरावती इन्टरनेशनल कम्पनीका सञ्चालक थिए।
पूर्व राजा ज्ञानेन्द्रका नातेदार भएका कारण पनि उनी बेलाबेलामा चर्चामा आइरहन्थे।