नेपालबाट बाहिर जाँदा पासपोर्टमा तोकिएभन्दा बढी डलर बोक्न प्रतिबन्ध

नेपालबाट बाहिर जादा अब पासपोर्टमा जति विदेशी रकम उल्लेख गरिएको छ, त्योभन्दा बढी बोक्न नपाइने भएको छ। यसअघि विदेश जाँदा पाँचहजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बोक्न पाइने सुविधाको दुरूपयोग गर्दै पासपोर्टबाट एकहजार साट्ने र बाँकि दुई नम्बरी डलर बोकेर डलर तस्करी हुन थालेपछि पासपोर्टमा तोकिएभन्दा बढी विदेशी मुद्रा बोक्न निषेध गरिएको हो।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी पासपोर्टमा उल्लेख गरिएको भन्दा बढी रकम गैरकानुनी हुने बताएपछि प्रहरीले पासपोर्ट र डलर चेक गर्न थालेको छ। विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी भन्छन्- 'हामीलाई पासपोर्टमा उल्लेख गरेको डलरभन्दा बढी बोक्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्ने अधिकार दिइएको छ। हामी त्यहीअनुसार गर्नेछौं।'

नेपालबाट विदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । 

यसैगरी विदेशबाट नेपाल आउँदा पनि पाँच हजार अमेरिकी डलर बराबरको विदेशी रकम मात्र बोकेर आउक्न पाइने भएको छ। त्योभन्दा बढी विदेशी मुद्रा बोकेर आएमा भन्सारमा घोषणा गर्नुपर्ने छ।

 

 

 

प्रकाशित मिति: : 2019-05-02 06:52:10

प्रतिकृया दिनुहोस्