आज पुरानो आइफोन र आइप्याड अपडेट गर्ने अन्तिम दिन

Agency

एप्पलले पछिल्लो समय आफ्नो सपोर्ट पेजमा एउटा सूचना प्रभाव गरेको थियो। आफ्नो मोबाइल प्रयोगकर्तालाई आग्रह गरिएको सूचनामा भनिएको थियो– जोसँग पुरानो आइफोन र आइप्याड छ, उनीहरूले आइओएस १०.३.४ भर्जनमा आफ्नो डिभाइस अपडेट गर्नु।

आज ३ नोभेम्बर हो। एप्पलको त्यो सूचनालाई आधार मान्ने हो भने जसले आफ्नो पुरानो आइफोन र आइप्याड अपडेट गर्दैनन्, उनीहरूको मोबाइलमा एप स्टोर र आइक्लाउडले काम गर्न छोड्ने छ।

राजनीति छोडेर उद्यमी बनेका रामसिङ (भिडियाेसहित)

पछिल्लो समय आइफोन ५ र पुरानो डिभाइस अपडेट गर्न सूचना प्रवाह गरिएको थियो। एप्पलले सूचना जारी गर्दै भनेको थियो– ३ नोभेम्बर २०१९ को युटिएस समयअनुसार बिहानको १२ बजेसम्म युजर्सले आफ्नो डिभाइस आइओएसमा अपडेट गर्नु जरुरी छ।’

यदी कुनै युजर्सले ३ नोभेम्बरभित्र पुरानो मोबाइल अपडेट गर्न सकेनन् भने आइम्याकबाट डिभाइस अपडेट गर्न सक्छन्।

प्रकाशित मिति: : 2019-11-03 15:04:15

प्रतिकृया दिनुहोस्