जयललिता बन्न कंगना तमिल भाषा सिक्दै

Agency

बलिउड अभिनेत्री कंगना रनौत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित ‘थलाइवी’ मा देखापर्ने भएकी छिन्। उनी जयललिताको मुख्य भूमिकामा देखा पर्दैछिन्। कंगनाबाहेक फिल्ममा अरविन्द स्वामी एमजीआरको भूमिकामा देखा पर्नेछन्। फिल्मको सुटिङ सुरु भइसकेको छ। तीन वटा भाषा (हिन्दी, तमिल र तेलुगु) मा निर्माण हुन लागेको यस फिल्मलाई जिवन्त बनाउन कंगनाले तमिल भाषादेखि डान्ससमेत सिकिरहेको बताइएको छ।

अभिनेता प्रकाश राज मुख्यमन्त्री करुणानिधिको भूमिकामा देखापर्ने सम्भावना बलियो छ।

फिल्मको विषयलाई लिएर जयललिताको भतिजीले मद्रास उच्च अदालतमा मुद्धा दायर गरेकी छिन्। भतिजी दीपाले फिल्मका लागि निर्देशक एएल विजयले सहमति नलिएको आरोप लगाएकी छिन्। फिल्म २०२० मा रिलिज हुने बताइएको छ।

प्रकाशित मिति: : 2019-11-11 08:18:53

प्रतिकृया दिनुहोस्