औधोगिक नगरी वीरगन्जमा राष्ट्रिय-अन्तर्राष्ट्रिय कलाकारको महामेला

फाइल तस्बिरः बिएल

औधोगिक नगरी वीरगन्जमा बिहिबारदेखि नेपालमै पहिलो पटक नेपाली चलचित्र स्वर्णीम महोत्सव सुरू हुँदैछ।

आगामी शनिबारसम्म आदर्शनगर रंगशालामा हुने महोत्सवको तयारी भब्य गरिएको छ।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीलेमध्यान्ह १२ गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। उद्घाटन कार्यक्रममै राष्ट्रपतिले कलाकारलाई स्वर्णीम सम्मान समेत प्रदान गर्ने कार्यक्रम रहेको छ।

महोत्सवको पहिलो दिन १२० जना कलाकारको प्रस्तुति हुने चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले जानकारी दिए।  तराई र मधेशका कथा,कला,साहित्य तथा संस्कृतिलाई पनि महोत्सवमा समेटिएको छ। स्थानीय, राष्ट्रिय र विदेशी कलाकारको विशेष प्रस्तुतिले महत्सव भब्य हुनेछ।

कार्यक्रममा सहभागी हुनका लागि अधिकांश नेपाली कलाकारहरू वीरगन्ज पुगिसकेका छन्।

विशेष अतिथिको रूपमा सहभागी हुने भारतीय कालाकार गोविन्दा अहिले बिहान ११ बजे काठमाडौबाट वीरगन्ज आईपुग्ने कार्यक्रम रहेको छ।

उनको विशेष प्रस्तुति आज साँझ ५ बजे हुने कार्यक्रम तय भएको छ।

नेपाली चलचित्र ५३ वर्षमा प्रवेश गरेको अवसरमा ‘नेपाली चलचित्र स्वर्णीम महोत्व’हुन लागेको हो।

आन्तरिक र बाह्य पर्यटन प्रवद्धन गर्न र नेपाली चलचित्रको विकास तथा तराई मधेसको अस्तीत्व, कथा र कलाकारको खोजीका लागि भन्दै यो कार्यक्रम काठमाडौंमा नभई वीरगंजमा गरिएको चलचित्र निर्माता संघका उपाध्यक्ष पौडलले बताए ।

करिब १ करोड २० लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमलाईनेपाल पर्यटन बोर्ड,प्रदेश २ सरकार,वीरगन्ज महानगरपालिका,पर्यटन प्रवर्धन विकास समिति प्रदेश २,भिजिट नेपाल २०२० तथा विभिन्न औद्योगिक प्रष्ठिानले सहयोग गरेका छन्।

महोत्सवमा २ सय देखि ५ हजारसम्मका टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन घण्टाघरदेखि शंकराचार्यसम्म झाँकीसहितको विभिन्न संघसंस्था तथा राष्ट्रिय कलाकारको सहभागितामा प्रभातफेरी आयोजना गरी पुनः कार्यक्रमस्थल आदर्शनगर रंगशालमा पुग्ने कार्यक्रम छ।

सवा १२ बजे महोत्सव उद्घाटन,त्यसपछि सांगीतिक कार्यक्रम प्रारम्भ हुनेछ।दोस्रो र तेस्रो दिन विभिन्न फिल्म तथा डकुमेन्टी प्रदर्शन,फिल्मबारे समिक्षा,फिल्मको विभिन्न कन्टेन्टबारे सहभागीलाई जानकारी तथा सांगीतिक प्रस्तुति रहनेछ।

अन्तिम दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सव समापन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2019-11-07 09:16:43

प्रतिकृया दिनुहोस्