शाहरूखको नयाँ सिनेमाको नाम 'सनकी'

तस्बिरः एजेन्सी

'जिरो' सिनेमाको असफलता पछि सिनेमाबाट केही समयलाई विश्राम लिएका बलिउड अभिनेता शाहरूख खानको नयाँ सिनेमाको टुङ्गो लागेको छ।

जन्मदिनको अवसर पारेर उनले आफ्नो आगामी सिनेमाको नाम घोषणा गरेका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार सिनेमाको नाम 'सनकी'हुनेछ।

सिनेमालाई हाल दक्षिण भारतमा कीर्तिमानी व्यापार गरिरहेको 'बिगिल' सिनेमाका निर्देशक ऐटलीले निर्देशन गर्नेछन्।

प्रकाशित मिति: : 2019-11-03 07:11:15

प्रतिकृया दिनुहोस्