बलिउड फिल्म निर्माता चम्पक जैनको निधन

तस्बिरः एजेन्सी

बलिउड फिल्म निर्माता चम्पक जैनको निधन भएको छ । ब्रेन हेमरेजका कारण उनको बिहिबार साँझको निधन भएको हो ।

जैन म्युजिक र फिल्म निर्माण कम्पनी वीनस र युनाइटेड ७ का मालिक हुन् । अफिसमा मिटिङ गर्दै गर्द उनको निधन भएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

'मे खिलाडी तु अनाडी', 'जोश', 'गरम मसला' जस्ता हिट फिल्मका निर्माता जैनको निधनप्रति बलिउड सेलिब्रेटी तथा राजनीतिक दलका नेताहरुले ट्वीट मार्फत शोक ब्यक्त गरिरहेका छन्

प्रकाशित मिति: : 2019-11-01 16:24:05

प्रतिकृया दिनुहोस्