अन्तरिक्षमा चलचित्रको प्रिमियर !

अन्तरिक्षमा प्रिमियर गरिएको पहिलो चलचित्र एड एस्ट्रा । तस्बिर सौजन्य : एड एस्ट्रा

पृथ्वीमा भन्दा पनि पहिला अन्तरिक्षमा चलचित्र प्रिमियर भएको छ ।
झट्ट सुन्दा अचम्म लागे पनि यो सत्य हो कि चलचित्र ‘एड एस्ट्रा’ ले यस्तो अनौठो कीर्तिमान बनाएको छ । 

हलिउड अभिनेता ब्राड पिटले बनाएको यो चलचित्र केही समय पहिलै ‘इन्टरनेशनल स्पेस स्टेशन’मा रहेका अन्तरिक्ष यात्रीमाझ प्रिमियर गरिएको थियो । 

पृथ्वीमा भने २० सेप्टेम्बरमा यसको वर्ल्ड प्रिमियर हुने छ । 

चलचित्र 'एड एस्ट्रा’ अन्तरिक्षमा हराइरहेका आफ्नो पिताको खोजी गर्न सौर्य- मंडलको यात्रामा निस्कने एक अन्तरिक्ष यात्रीको कथामा आधारित चलचित्र हो । जेम्स ग्रेले निर्देशन गरेको यस चलचित्रमा ब्राड पिटका अतिरिक्त टोमी ली जोन्स, रुथ नेगा, लिभ टाइलर र डोनाल्ड सुथारल्याण्डको अभिनय रहेको छ ।

कथा इथन ग्रस र जेम्स ग्रेले संयुक्त रूपमा लेखेका हुन् । १२४ मिनट लामो चलचित्रका लागि ८० मिलियन डलरभन्दा बढ़ी खर्च गरिएको छ ।

 

प्रकाशित मिति: : 2019-09-18 05:37:53

प्रतिकृया दिनुहोस्