दुर्घटनामा परे सिद्धार्थ मल्होत्रा

तस्बिरः एजेन्सी

अपकमिङ फिल्म ‘शेरशाह’ को सुटिङमा ब्यस्त रहेका बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा दुर्घटनामा परेका छन् । यो फिल्मको सुटिङ कार्गिलमा चलिरहेको छ । उनको बाइक राइडिङको क्रममा दुर्घटना हुन पुगेको हो ।


भारतीय मिडियाका अनुसार सिद्धार्थको हात र खुट्टामा चोट लागेको छ । दुर्घटनामा परी आफू घाइते हुँदा हुँदै पनि अभिनेता सिद्धार्थले सुटिङ सुरु गरिसकेका छन् । यसै विषयलाई लिएर सिद्धार्थले भने– ‘फिल्मको शेड्युअल र स्केल देखेर मलाई ठीक हुन खासै समय लाग्दैन । यस प्रकारको दुर्घटनाहरु हुन्छन् । तर यो धेरै खतरा पनि हुनसक्छ । अब केही दिनमै ठीक हुन्छु भन्ने आशा छ ।’

‘शेरशाह’ फिल्ममा सिद्धार्थले दोहोरो भूमिका गरिरहेका छन् । यो फिल्म क्याप्टेन विक्रम बत्राको कहानीमा आधारित हुनेछ । फिल्मलाई विष्णु वरधानले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति: : 2019-09-17 16:09:57

प्रतिकृया दिनुहोस्