मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा

मिस इ कलेजका विजेताहरू। तस्बिरः बिएल

‘मिस इकलेज २०१९ को उपाधि ललितपुरको क्यारेवियन कलेजमा  अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले हात पारेकी छन्।

मल्टिमीडिया अवार्ड र भिर्योस च्वाइस अवार्ड समेत हात पारेकी उनले ताजसँगै थाइल्याण्ड टुरको लागि हवाइ टिकट प्राप्त गरिन्। उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति,डाइस्टारको तर्फबाट टिभी र नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट ३० हजार वरावरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन्।

सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको अन्तिम स्पर्धामा काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजकी प्रकृति शाहीले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारिन्।

त्यसैगरी सेकेण्ड रनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जितिन्।

थर्ड रनरअप रुषा नापितले मिस पर्शनालिटी र फोटोजेनीक अवार्डसमेत हात पारिन्।

फोर्थ रनरअप  दिपा लिम्वु भइन्। उनी वेष्ट स्कीनकसमेत भइन्।

विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाकको उपाधि हात पार्दा सीमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन्। वेष्ट ड्रेस स्वेता ठकुरी भइन् भने कन्फिडेनस अवार्ड रेश्मा तामाङ, व्यूटीफूल आइज एलिसा भुषाल , मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हात पारिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकेडेमीकी प्रशिक्षक गौरीकला थापा, जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेता नितिका कर्मचार्य र माछापुच्छ्रे बैकका मोहीनी प्रधान थिइन्। यस्तै फिल्म निर्देशक तथा सञ्चारकर्मी जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनालसमेत जजको रूपमा थिए।

प्रकाशित मिति: : 2019-09-16 10:03:06

प्रतिकृया दिनुहोस्